कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भक्तपुर टिम यू–१८ बास्केटबलको क्वाटरफाइनलमा

काठमाडौँ — भक्तपुर नगरपालिका बुधबार दोस्रो कीर्तिपुर नगरपालिका यू–१८ राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ ।

भक्तपुर टिम यू–१८ बास्केटबलको क्वाटरफाइनलमा

कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगितामा भक्तपुरले तार्केश्वर नगरपालिकालाई ८८–७५ स्कोरले पराजित गर्‍यो । अब क्वाटफाइनलमा ललितपुर र कीर्तिपुर, नागार्जुन र काभ्रे, अन्नपूर्ण र बुटवल तथा भक्तपुर र म्याग्दीबीच प्रतिस्पर्धा हुनेछ ।

ज्ञानोदय सेमिफाइनलमा

ज्ञानोदय बालबाटिका बुधबार यू–१२ ब्वाइज बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक द चाँदबाग स्कुलको कोर्टमा ज्ञानोदयले बौद्ध चिल्ड्रेन हेभनलाई ९–८ स्कोरले हरायो । प्यारागनले जेभियरलाई २०–७, गुहेश्वरीले बीडीएसलाई १०–२ र मनास्लुले होली भिजनलाई १४–६ ले हराएर सेमिफाइनल पक्का गरे ।

यू–१२ गर्ल्समा निःसर्ग बाटिकाले लिटिल वन्डरलाई ५–२, चेल्सीले चाँदबाग ‘ए’ लाई १०–५, रिब्सले चाँदबाग ‘बी’ लाई ८–३ र बौद्ध चिल्ड्रेन हेभनले काष्ठमण्डपलाई १२–२ ले हराएर सेमिफाइनलमा स्थान बनाए ।

यू–१२ ब्वाइज फुटबलमा चाँदबाग ‘बी’, जेभियर, बोधीसदन, गुह्येश्वरी, जोन डेवी, क्याम्पियन, टीआईए र काष्ठमण्डप विजयी भई क्वाटरफाइनल पुगेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०८० २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×