कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

अक्सफोर्ड माविले जित्यो बुटवल मेयर कप

सन्जु पौडेल

तिलोत्तमा — प्रथम बुटवल मेयर कप फुटबलको उपाधि अक्सफोर्ड माविले जितेको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा संचालित प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १–० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो ।

अक्सफोर्ड माविले जित्यो बुटवल मेयर कप

अक्सफोर्डले उपाधिसँगै १ लाख रुपैयाँ र शिल्ड पाएको छ । त्यस्तै, उपबिजेता बनेको नवीन औद्योगिक माविले ६० हजार पुरस्कार पाएको नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए ।

सेमीफाइनलमा पुगेका उजिरसिंह मावि र एभरेष्ट माविले १८–१८ हजारका दरले पुरस्कार पाएका छन् । प्रतियोगितामा अक्सफोर्ड माविका टीम क्याप्टेन सुजलमान घले उत्कृष्ट खेलाडी, अक्सफोर्डकै डेभिड थापा उत्कृष्ट गोलकिपर, अक्सफोर्डकै रमित नाम्जाली मगर उत्कृष्ट मिडफिल्डर र अक्सफोर्डकै अस्मित शर्माले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए ।

त्यस्तै, उत्कृष्ट डिफेन्डरको पुरस्कार नवीन औद्योगिक माविका सन्दीप दर्जी र उत्कृष्ट फरवार्डको पुरस्कार नवीनकै विजन सुर्यवंशीले पाएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाएको उनले बताए ।

विजेतलाई पुरस्कार प्रदान गर्दै उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा खेलाडी उत्पादनका लागि पहिलोपटक आयोजना गरिएको विद्यालयस्तरीय फुटबल प्रतियोगिताले उत्साह बढाएको र आगामी दिनमा थप खेल प्रतियोगिता आयोजना गर्ने बताए।

उनले विद्यालयलाई हरेक क्षेत्रमा अब्बल बनाउनका लागि खेलकुद र अन्य विभिन्न प्रतियोगिताहरु तथा क्षमता विकासका कार्यक्रम समेटेको बताए।

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी थिए ।

प्रकाशित : माघ २९, २०८० १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×