कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रकाश बुढाथोकी आई-लिगको नेरोका क्लबमा अनुबन्ध

धरान — भारतीय आई–लिग खेल्नका प्रकाश बुढाथोकी मणिपुरको नेरोका क्लबमा अनुबन्धित भएका छन् । नेपालको राष्ट्रिय फुटबल टिमबाट खेल्दै आएका बुढाथोकी नेरोका क्लबमा अनुबन्धित भएका हुन् । 

प्रकाश बुढाथोकी आई-लिगको नेरोका क्लबमा अनुबन्ध

आई–लिग एसियाकै प्रतिष्ठित लिग मानिन्छ । उक्त लिगमा ४ जना विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेकोमा एक जना एसियाली मुलुकको हुनैपर्ने व्यवस्था रहेको छ । प्रकाशले भने, ‘म एसियाको खेलाडी कोटामा परेकाले खेल्न लागेको हो ।’ धरान–१७ पटनालीमा घर भएका बुढाथोकीलाई सोमबार धरान फुटबल क्लबले बिदाई गरेको थियो ।

उनी सोमबार नै मणिपुरतर्फ लागेका छन् । धरान फुटबल क्लबबाटै खेलजीवन सुरु गरेका २७ वर्षीय बुढाथोकीले विदेशी क्लबले अनुबन्ध गरेर आफूलाई ठूलो अवसर दिएको बताए । उनले भने, ‘म सक्दो उत्कृष्ट प्रर्दशन गर्न प्रयास गर्ने छु ।’

सहिद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगितामा दुई पटकको विजेता थ्री स्टार क्लब र एक पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबबाट खेलिसकेका छन् । सन् २०१८ मा भुटानको ‘ए’ डिभिजनमा पारो फुटबल क्लबबाट उपविजेता हुँदा प्रकाश टोलीमा सहभागी थिए । बिदाई समारोहमा उनले भने, ‘म एजेन्टमार्फत नभई सिधै फुटबल क्लबसँग कुरा भएर भारतको नेरोका क्लबले मेरो प्रोफाइल हेरेर छनोट गरेपछि खेल्न लागेको हो ।’

जारी आई–लिगमा नेरोका एफसी पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित : माघ १९, २०७७ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?