नेपालको प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन, शरदबाहेक सबैको ‘डेब्यु’

एमसीसीको राम्रो सुरुआत
विनोद पाण्डे, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — चौध वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा नेपाल फर्किएको छ । इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग खेल्दै नेपालले आधिकारिक तीनदिवसीय खेलमा पुनरागमन गरेको हो । नेपालले टस जितेपछि ब्याटिङमा आएको एमसीसीले भोजन समयसम्म २८ ओभर खेलेर १ विकेट गुमाई ८४ रन बनाएको छ ।

विल रोड्स र कप्तान टोम वेस्ट्ली क्रिजमा छन्। रोड्स ४४ र वेस्टली २५ रन बनाई खेलिरहेका छन्। सोमपाल कामीले बिली गोडलम्यान १० रनमा आउट गरे। गोडलम्यानले गरेको प्रहारलाई कभरमा ललितनारायण राजवंशीले दोस्रो प्रयासमा क्याच आउट गरे।

१० खेलाडीले बुधबार नेपालबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरे। शरद भेषावकरले नेपालले खेलेको सबै ४ प्रथम श्रेणीको क्रिकेटमा खेल्दै आएका छन्। नेपालले २००४ र २००५ मा गरी चार प्रथम श्रेणीको क्रिकेट खेलेको थियो। त्यसपछि नेपालले पहिलोपटक मान्यता प्राप्त तीनदिवसीय खेल खेलेको हो।

कप्तान ज्ञानेन्द्र मल्लसहित दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी, पवन सर्राफ, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, करण केसीले नेपालबाट प्रथम श्रेणीको क्रिकेटमा पहिलो खेल खेलेका हुन्। सोमपाल कामीले २०१५ र २०१६ मा गरी श्रीलंकामा क्लब क्रिकेट खेल्दा साराकेन्स स्पोर्टस क्लबबाट दुई प्रथम श्रेणीको म्याच खेलेका थिए।

३ वर्षपछि क्यानको लोगो
नेपाली क्रिकेट टोलीले झन्डै ३ वर्षपछि क्यानको लोगो लगाएर मैदानमा उत्रिएको छ। नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले २०७३ को वैशाखमा निलम्बन गरेको थियो। तर विश्व क्रिकेटको सर्वोच्च निकायले नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा भने खेल्न दिइरहेको थियो।

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिरहे पनि निलम्बनका कारण क्यानको झन्डा लगाएको थिएनन्। यो अवधिमा राष्ट्रिय क्रिकेट टोलीले नेपालको झन्डामात्र लगाएर खेलिरहेको थियो।

एमसीसीसँगको खेलमा कप्तान ज्ञानेन्द्र मल्ल क्यानको लोगो समावेश सेतो शर्ट लगाएर टसका लागि गएका थिए। उनीसँगैं नेपाली टोली सोही किसिमको पोसाक लगाएर मैदानमा खेलिरहेका छन्।


प्रकाशित : कार्तिक २०, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दोस्रो खेल रद्द भएसँगै नेपाल डिभिजन २ मा घटुवा

विनोद पाण्डे, तस्बिर : हेमन्त श्रेष्ठ

हङकङ — विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । खेल सम्भव हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका छन् । यस नतिजासँगै नेपाल प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको छ । आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन सोमबारलाई खेल सारिएको थियो । सोमबार पनि वर्षा नरोकिएपछि खेल सम्भव हुन सकेन ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ । 

नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)को सामना गर्दैछ । विश्व क्रिकेट लिगको शीर्ष ४ स्थानका टोली विश्वकप छनोटमा पुग्नेछन् भने पुछारका ४ टोली डिभिजन २ मा पुगे । घटुवासँगै नेपालले सन् २०१८ फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । उक्त प्रतियोगिताको शीर्ष २ टोली विश्वकप छनोटमा सहभागी हुनेछन् । 

प्रकाशित : आश्विन ३०, २०७४ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT