कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४१

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय बन्द

अर्जुन शाह

धनगढी — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ । भाइरल ज्वरो र रुखाखोकीले बालबालिकाहरू विरामी पर्न थालेपछि रुडीस्थित माझपाटा आधारभुत विद्यालय बन्द गरिएको छ । 

विद्यालयका प्रधानाध्यापक दानबहादुर धामीका अनुसार विद्यालय ब्यवस्थापन समितिको बैठक गरेर सोमबारदेखि माघ १९ गतेसम्म चार दिन विद्यालय बन्द गरिएको सुचना टाँस गरेको छ । उक्त विद्यालयमा एकपछि अर्को विद्यार्थी धमाधम विरामी पर्न थालेपछि संक्रमण फैलिन नदिन विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक धामीको भनाइ छ ।

स्थानीयका अनुसार एक साताअघि स्वामीकार्तिक गाउँपालिकाकै जुकोटमा रहेको शम्भुसुनन्दा माध्यमिक विद्यालयमा पनि भाइरल ज्वरोको प्रकोप देखिएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख महेश चन्दले जिल्लामा कुनै जानकारी नगराएको बताए । स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले संक्रमण प्रभावको अवस्था बुझ्ने क्रममा रहेको बताए ।


प्रकाशित : माघ १७, २०८० ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×