कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सुदूरपश्चिमको नीति तथा योजना आयोग उपाध्यक्षमा साउद

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा केशरबहादुर साउदलाई नियुक्त गरेको छ । सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले हालसम्म रिक्त रहेको योजना आयोगमा पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिमको नीति तथा योजना आयोग उपाध्यक्षमा साउद

प्रदेश सरकारका प्रवक्ता प्रकाश शाहका अनुसार आयोगमा मुख्यमन्त्री अध्यक्ष रहने व्यवस्था छ । आयोगको सदस्यमा बैतडीका मानदेव विष्टलाई नियुक्त गरिएको छ । महिला सदस्य अझै नियुक्त गरिएको छैन । यस्तै सरकारले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा डोटीका हर्कबहादुर सिंहलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

सिंह संविधानसभा सदस्यसमेत हुन् । मन्त्रिपरिषद् बैठकले समितिको कार्यकारी अधिकृतमा बाजुराका भीम खड्कालाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए । समितिका अन्य सदस्यहरूमा बझाङका मिश्र रोकाया, डोटीका हरि पाल थापा, अछामका लक्ष्मण खड्का र बाजुराका गणेशबहादुर शाही तथा महिला सदस्यमा डोटीकी मनीषा धानुकलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

प्रकाशित : पुस १४, २०७७ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×