सुदूरपश्चिममा मनाइयो होली

मोहन शाही

डोटी — भारतबाट कोरोना संक्रमितहरु घर फर्कन थालेकाले संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय डोटीले होली पर्वका बखत भीडभाड नगरी सहज रहन आह्वान गरे पनि डोटीका विभिन्न ठाउँमा धुमधामका साथ होली पर्व मनाइएको छ ।

सुदूरपश्चिममा मनाइयो होली

डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरासैनमा स्थानीयले आफ्नै मौलिक भेषभूषाका साथ परम्परागत रुपमा होली पर्व मनाएका छन । प्रशासनको आह्वानलाई सम्मान गर्दै होली पर्वको आयोजना गरिएको फुलौटका स्थानीय लोकबहादुर खडकाले बताए । उनले विगतका वर्षहरुमा पनि जिल्लाकै उत्कृष्ट होली पूर्वीचौकी गाउँपालिकामा आयोजना हुने गरेको बताए ।

प्रशासनको आह्वानलाई पालना गरेको आयोजकहरुले दाबी गरे पनि पूर्वीचौकी गाउँपालिकाको फुलौटको होलीमा भने स्थानीयको घुइँचो लागेको थियो । स्थानीयले दिउँसो होली तथा राति देउडा खेल्ने कार्यक्रम बनाएका भए पनि प्रशासनको आदेशका कारण रातिको देउडा खेल्ने कार्यक्रम भने कोरोनाका कारण स्थगित गरिएको स्थानीयले जानकारी दिए ।

यसैगरी जिल्लाको केआइसिंह गाउँपालिका – २ तिखात्तरलगायत राजपुर, दिपायल र सिलगढी बजारक्षेत्रमा विगतका वर्षभन्दा अलि फरक ढंगले भीडभाड कम गरेर स्थानीयले होली पर्व मनाए ।

तस्बिरहरु : मोहन शाही/कान्तिपुर

प्रकाशित : चैत्र १५, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?