३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बसको ठक्करबाट कैलालीमा १ जनाको मृत्यु, स्थानीयद्वारा प्रदर्शन 

प्रहरीसँगको झडपमा एक जना घाइते
गणेश चौधरी

कैलाली — पूर्व-पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्की चोकमा बसको ठक्करबाट मंगलबार बिहान लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको छ ।

धनगढीबाट टीकापुर गइरहेको ना ७ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

मृतकका आफन्त तथा स्थानीयले ट्राफिक प्रहरीको लम्की चोकमा राखेको गोलघर जलाएका छन् भने ईलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेका छन् । प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । झडपमा स्थानीय र प्रहरी दुवैतर्फ घाइते भएका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास हानेको छ । प्रहरीसँगको झडपमा परी घाइते भएका भुपेन्द्र देवकोटालाई उपचारका लागि कोहलपुर लगिएको छ ।

बस चालकलाई कारबाहीको माग गर्दै स्थानीयले टायर बालेर प्रर्दशन गरिरहेका छन् । उनीहरुले मृतकको शव पनि इलाका प्रहरी कार्यालय अगाडि राखेर स्थानीयले प्रदर्शन गरेका छन् । ठक्कर दिने बस र चालक प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित : चैत्र १०, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?