कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष मृत भेटिए

भवानी भट्ट

कञ्‍चनपुर — कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोकाया शुक्रबार बिहान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : मंसिर ५, २०७७ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?