कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

मोहन बुढाऐर

धनगढी — कैलाली जिल्लामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । तीन जनाको होम आइसोलेसनमा र एक जना सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

कैलालीमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार टिकापुर नगरपालिका–१ स्थित आफ्नै घरमा आइसोलेसनमा बसेका ५० वर्षीय पुरुषको मृत्यु भएको छ । सोमबार बिहान सोही वडाका अर्का ९० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । त्यस्तै आइतबार बर्दगोरिया गाउँपालिका– ४ का ५९ वर्षीय अर्का पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जोशीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा सोमबार बिहान साढे नौ बजे धनगढी–२का ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी २१ गते अस्पतालमा भर्ना भएका थिए । साेहीदिन उनलाई कोरोना पुष्टि भएको थियो । अस्पताल प्रशासनका सूचना अधिकारी दिलिप श्रेष्ठले उनलाई भन्टिलेटरमा राखेर उपचार गरिएको बताए । उनका अनुसार हालसम्म सेती अस्पतालबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रकाशित : कार्तिक २४, २०७७ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?