कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेती अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

मोहन बुढाऐर

धनगढी — सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ ।

सेती अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

धनगढी–५ का ९२ वर्षीय पुरुषको बिहीबार बिहान साढे ५ बजे मृत्यु भएको अस्पताल प्रशासनका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

ती व्यक्तिलाई १७ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । श्वासप्रश्वास र कडाखाले निमोनियाका कारण सोही दिन अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । यससँगै सेती अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रकाशित : कार्तिक २०, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?