मोहन बुढाऐर

मोहन बुढाऐरका लेखहरु :

‘तीन महिनामै रित्तो हात फर्कनुपर्‍यो’

डोटीको बोग्टान दानाचौर गाउँका १४ युवाको समूह शनिबार बिहान गौरीफन्टा भन्सारको ‘हेल्थ डेस्क’ मा स्वास्थ्य जाँचको पर्खाइमा थिए । उनीहरू भारतको महाराष्ट्र, पुनालगायत सहरबाट फर्केका थिए ।

दाउरा नपाउँदा दैनिकी कष्टकर

बाक्लो कुहिरोसँगै शीतलहरका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । गत बुधबारदेखि चिसो बढेपछि कैलाली र कञ्चनपुरका मुक्तकमैया, बाढीपहिरो पीडित र सुकुम्बासी बस्तीका विपन्न परिवारको दैनिकी थप कष्टकर बनेको हो । आगो बाल्न दाउरा, मुढासमेत पाउन नसकेको उनीहरूको गुनासो छ ।

सेती अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बुधबार राति एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार बुधबार बेलुकी भर्ना गरिएका गोदावरी–४ का ७४ वर्षीय पुरुषको राति साढे १२ बजेतिर मृत्यु भएको हो ।

धनगढीमा एकैदिन कोरोनाबाट ३ जनाको मृत्यु 

धनगढीमा बुधबार कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा एक र दुई जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

बाढीले पूर्वी कैलाली डुबानमा, सयौं परिवार विस्थापित

मंगलबार रातिदेखिको वर्षाले कैलालीको पूर्वी क्षेत्र डुबानमा पर्दा सयौं परिवार विस्थापित भएका छन् । कान्ध्रा, काडा, पथरिया र मोहना नदीको बाढीले भजनी नगरपालिका नौवटा वडा डुबानमा परेका छन् ।

सुदूरपश्‍चिममा संक्रमित एक हजार नाघे

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नाघेको छ । आइतबार राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौंको परीक्षण रिपोर्टमा ३३ र सेती प्रयोगशालामा ४३ गरी ७६ जनामा कोरोना पुष्टि भएको छ । यो संख्यासँगै प्रदेशमा कोरोना संक्रमित १ हजार ७ जना पुगेका छन् ।

सुदूरपश्चिममा संक्रमण झन् तीव्र

सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणका कारण बुधबार एकै दिन दुई जनाको मृत्यु भयो । दुवैको शव सेनाले व्यवस्थापन गर्‍यो । आफन्त नजिकै जानसम्म पाएनन् । 

गौरीफन्टाबाट भित्रिनेको संख्या ५० हजार नाघ्यो

कैलालीको गौरीफन्टा नाकाबाट जेठ महिनामा मात्रै भित्रिनेको संख्या ५० हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले  जेठ ७ गतेदेखि भित्रिनेको संख्या ५० हजार नाघेको बताए ।

सुदूरपश्चिममा क्वारेन्टाइन थप्दा पनि थेग्न मुस्किल

सुदूरपश्चिम प्रदेशमा भारतबाट आउनेको संख्या बढ्दै गएपछि स्थानीय तहका क्वारेन्टाइन भरिँदै गएका छन् । पालिकाहरूले क्वारेन्टाइनको संख्या र क्षमता बढाउँदा पनि ठाउँ अपुग भएको छ ।