कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्या गरिएका दुई प्रहरीका परिवारलाई प्रदेश सरकारले २–२ लाख दिने

अर्जुन शाह

धनगढी — कर्तव्य पालनाका सिलसिलामा हत्या गरिएका कैलालीमा कार्यरत दुई जना प्रहरीका आश्रित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई–दुई लाख दिने निर्णय गरेको छ ।

हत्या गरिएका दुई प्रहरीका परिवारलाई प्रदेश सरकारले २–२ लाख दिने

धनगढी नजिकै जुगेडा प्रहरी चौकीमा कार्यरत असई गोविन्द विक र जवान रामबहादुर साउदको शनिबार राति सीमा क्षेत्रमा गस्तीमा रहेका बेला तस्करहरुको समूहले हत्या गरेको थियो । नेपालबाट भारथतिर मटर तस्करी गर्दै गरेका तस्करहरुलाई रोक्न खोज्दा उनीहरुको हत्या भएको प्रहरीले बताएको छ । विक कञ्चनपुर पुनर्वास र जवान साउद अछाम जयगढका हुन् ।

बिहीबार मन्त्रीपरिषदको बैठकले परिवारका सदस्यहरुलाई एक लाख तत्काल प्रदान गर्ने र एक लाख मृतकका सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए ।

प्रकाशित : कार्तिक ६, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?