कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुलामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

मनोज बडू

दार्चुला — पहिलो पटक जिल्लाका एक पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहु गाउँपालिका–२ का ५३ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टका अनुसार तीन/चार दिन पहिले ज्वरो आएर धनगढी उपचारका लागि गएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि उनी धनगढी गएको र उतै मृत्यु भएको हो । उनको मृत्यु भएपछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजिटिभ आएको उनले बताए ।

उनको शव नेपाली सेनाले धनगढीमा व्यवस्थापन गर्ने तयारी गरेको दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताए । कोरोनाका कारण मृत्यु भएका ती पुरुषको घरपरिवार तथा टोल छिमेक सिल गरी सम्पर्क पहिचान तथा स्वाब संकलन गर्ने कार्य तत्काल थालिने उनको भनाइ छ ।

प्रकाशित : कार्तिक ४, २०७७ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?