कैलालीको जुगेडामा गस्तीमा गएका असईसहित दुई प्रहरी बेपत्ता- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीको जुगेडामा गस्तीमा गएका असईसहित दुई प्रहरी बेपत्ता

मोहना नदीमा एक जनाको शव भेटिएपनि पहिचान हुन बाँकी 
अर्जुन शाह

धनगढी — कैलालीको धनगढी नजिक जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी बेपत्ता भएका छन् । मोटरसाइकलमा गस्तीमा गएका असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद शनिबार राति १० बजेदेखि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दानबहादुर रोकायाका अनुसार नेपाल भारत सीमा मोहना नदी क्षेत्रमा ड्युटीमा गएका उनीहरु आइतबार बिहानसम्म नफर्किएपछि खोजतलास सुरु भएको हो ।

प्रहरीहरु बेपत्ता भएको जानकारी पछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृतसहितको टोली खोजतलासमा परिचालित भएको इन्सपेक्टर रोकायाले बताए । ‘मोहना नदीमा एक जनाको शव देखिएको छ । नदीमा रहेको शवको पहिचान भने भएको छैन’ रोकायाले भने ।

घटनास्थलमा सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तमराज सुवेदी पनि पुगेका छन् । तस्करसँग भिडन्त भएको हुनसक्ने अनुमान गर्दै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्

कोसी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

देवनारायण साह

मोरङ — कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ । विराटनगर महानगरपालिका १२ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

असोज १३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई उपचार केन्द्रमा भर्ना गरेर उपचार गर्दै आएको तर उपचारकै क्रममा १८ दिनपछि उनको मृत्यु भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । ती पुरुषलाई आएकै दिन उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी मधुमेका दीर्घरोगी रहेको बस्नेतले सुनाए ।

प्रदेश– १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×