कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल प्रहरीका सई होटलको शौचालयमा मृत भेटिए

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका–४, बङ्गाबगडको एक होटलमा नेपाल प्रहरीका सई मृत भेटिएका छन् । शुक्रबार बिहानै होटलको शौचालयमा लडेको अवस्था भेटिएका प्रहरी नायब निरीक्षक (सई) ध्रुव रावललाई जिल्ला अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

सई रावल सदरमुकामको बंगाबगड बजारस्थित जयदुर्गा भवानी होटलको शौचालयमा मुखबाट रगत बगेको अवस्थामा भेटिएका थिए । घटनाबारे शुक्रबार बिहान होटल मालिकले प्रहरीलाई खबर गरेपछि अस्पताल लैजाँदा रावलको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अछाम घर भएका सई रावल दल्लेख प्रहरी चौकीबाट इलाका प्रहरी कार्यालय हुती सरुवा भएका थिए ।

प्रकाशित : आश्विन ९, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?