कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिका बलात्कारकाे आरोपमा दुई जना पक्राउ

तृप्ति शाही

बैतडी — बैतडीको पुर्चौडी नगरपालिकामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई बिहीबार पक्राउ गरेको छ ।

बालिका बलात्कारकाे आरोपमा दुई जना पक्राउ

बालिकालाई जबर्जस्ती करणी गरेको अपराधमा बैतडीको सुर्नया गाउँपालिका–८ का अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का बासुदेव पन्तलाई बालिकाका आफन्तको उजुरीको आधारमा पक्राउ गरिएको पाटन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए ।

पक्राउ परेका दुवैजनाले घरबाटै बालिकालाई मोटरसाइकलमा सिगास गाउँपालिका–९ मा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई शुक्रबार जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित : भाद्र २६, २०७७ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?