कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछा मार्न गएका दुई बालिकाको दोदा नदीमा डुबेर मृत्यु

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा माछा मार्न गएका दुई बालिकाको सोमबार दोदा नदीमा डुबेर मृत्यु भएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ कञ्जका १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुसँगै माछा मार्न गएकी १२ वर्षीया अनु रानाको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका दोदा नदीमा माछा मार्ने क्रममा तीनै बालिकाहरु बगेका हुन् । दुई जना भने बगेको स्थानबाट ३ सय मिटर टाढा मृत अवस्थामा भेटिएको उनले बताए ।

प्रकाशित : भाद्र १५, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?