कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैल्यशिखरमा नगरपालिकामा एकको हत्या

मनोज बडू

दार्चुला — शैल्यशिखर नगरपालिका–२ देथलाका ४८ वर्षीय शेरबहादुर चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिहीबार स्थानीय गंगादत्त भट्टले घरेलु हतियार प्रयोग गरी चन्दको हत्या गरेको प्रहरीले जनाएको छ ।

घाँटी नजिक घरेलु हतियार प्रयोग गरी चन्दको हत्या गरेर फरार रहेका भट्टलाई प्रहरीले पक्राउ गरेको छ । रातभरि फरार भट्टको खोजी गर्दा जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए । हत्या घटनाका आरोपीलाई जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच शैल्यशिखर नगरपालिका–२ जुग्यापानीमा अन्दाजी ४५ वर्षीय हरी लुहार मृत फेला परेका थिए । राति घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली पुगी शव पोष्टमार्टम गर्न गोकुलेश्वर अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित : भाद्र १२, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?