कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीमा पहिरोले घर भत्कियो, चार घाइते

तृप्ति शाही

बैतडी — बैतडीको सुर्नया गाउँपालिका–५ मा घर भत्किँदा एकै घरका ४ जना घाइते भएका छन् । रौलेश्वरस्थित मडै गाउँका वीरबहादुर मडैको चारकोठे कच्ची घर माथिबाट आएको पहिरोले भत्किएको हो ।

बैतडीमा पहिरोले घर भत्कियो, चार घाइते

पुरिएर घाइते भएका चारै जनाको तत्काल उद्धार गरिएकाले ज्यान जोगिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ४५ वर्षका वीरबहादुर, उनकी ४३ वर्षीया श्रीमती सुन्दरी, २२ वर्षकी छोरी सरस्वती र २० वर्षकी छोरी पार्वती रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए । उनका अनुसार घाइतेहरूको पेट , छाती , कम्मर , खुट्टामा चोट लागेको छ । उनीहरू सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ ।

बुधबार बिहान साढे ७ बजेतिर घटना भएको र घरमा पूर्ण रूपले क्षतिग्रस्त भएको चन्दले बताए ।सोही स्थानका अन्य दुई परिवारको घर पनि जोखिममा परेको छ । उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।

प्रकाशित : भाद्र ३, २०७७ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?