कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीको भजनी फेरि डुबानमा

गणेश चौधरी

टीकापुर — केही दिनअघि मात्र बाढीको चपेटामा परेको कैलालीको भजनी नगरपालिकाका बस्ती सोमबार फेरि डुबानमा परेका छन् । आइतबार रातिदेखिको अविरल वर्षाले उर्लिएका मोहना, काढा र पथरैया नदी बस्ती पसेका हुन् ।

कैलालीको भजनी फेरि डुबानमा

यसअघिको बाढीले डुबानमा परेकाहरू ३/४ दिन अघि मात्र घर फर्केका थिए । फेरि पुन डुबान भएपछि उनीहरू हुलाकी राजमार्गका अग्ला ठाउँमा आउन थालेका स्थानीय जयराज ढुंगानाले जानकारी दिए । उनका अनुसार भजनी नगरपालिका–८ सोनहाफाटा खल्ला टोलका ४०, काढाढिकका ५२ र कृष्णनगरका २५ परिवार विस्थापित भएका छन् ।

भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले धनगढीबाट आउने मोहना, घोडाघोडीबाट आउने कन्द्रा र लम्कीचुहाबाट आउने पथरैया नदीलगायतको पानी भजनीमा आउने भएकाले यो ठाउँ बाढीबाट बढी प्रभावित भएको बताए । ‘केही दिनअघिको बाढीमा ३ जनाको ज्यान जानुका साथै ठूलो नोक्सानी भएको छ । आज पनि बाढी आएकाले उद्धारमा खटिएका छौं,’ उनले भने ।

साउन १४ गतेको बाढीका कारण भजनी नगरपालिकाका करिब २ हजार परिवार विस्थापित भएका थिए । बाढीकै कारण भजनीमा करिब ७० प्रतिशत धानबाली नष्ट भएको जनाइएको छ ।

मौसम विज्ञान विभागले वर्षा अझै जारी रहने भएकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न सूचना गरेको छ । विभागले कर्णाली चिसापानी, टीकापुर, भजनी क्षेत्रका साना तथा ठूला नदीमा पानीको बहाव बढ्न सक्ने जनाएको छ ।

प्रकाशित : श्रावण २६, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?