कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पस्ती पहिरोका घाइतेलाई उपचारका लागि नेपालगन्ज पठाइयो

मनोज बडू

दार्चुला — मालिकार्जुन गाउँपालिका–८ पस्तीमा पहिरोले पुरिएर घाइते भएका दुई जनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । मंगलबार बिहान ३ बजेतिर घरमाथिबाट आएको पहिरोले घर पुरिएर घाइते भएका ३५ वर्षीया लक्ष्मी परियार र १२ वर्षीया छोरी सोनियालाई थप उपचारको लागि साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको हो । 

पस्ती पहिरोका घाइतेलाई उपचारका लागि नेपालगन्ज पठाइयो

नेपाली सेनाको एन ए ०५५ नम्बरको हेलिकप्टरमार्फत उपचारको लागि कोहलपुर लगिएको स्थानीय रवि धामीले बताए । लक्ष्मीको छोरा शुभमको अवस्था भने सामान्य रहेको छ । घरभित्र रहेका लक्ष्मीका दुई जना भाइको भने मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी लगायतका जनप्रतिनिधि लगायतको समन्वयमा घाइतेलाई उपचारको लागि कोहलपुर पठाइएको छ ।


घाइतेको उपचारको लागि गाउँपालिकाले तत्काललाई ३० हजार रुपैयाँ खर्च उपलब्ध गराइएको छ । यस्तै मृतकलाई किरिया खर्च उपलब्ध गराउने विषयमा निर्णय गरिने मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।


प्रकाशित : श्रावण ६, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?