कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकाली राजमार्ग दुई दिनदेखि अवरुद्ध, तटबन्धबाट यातायात सञ्‍चालनको तयारी

मनोज बडू

दार्चुला — आइतबार रातिको अविरल वर्षासँगै धौलीगाड खोलामा आएको बाढीले कल्भर्ट बगाएपछि दार्चुला सदरमुकाम खलंगा जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

महाकाली राजमार्ग दुई दिनदेखि अवरुद्ध, तटबन्धबाट यातायात सञ्‍चालनको तयारी

महाकाली नगरपालिका ५ स्थित धौलीगाड खोलामा १५ मिटर कल्भर्ट बगाउँदा राजमार्गमा अवरोध भएको हो । बाढीले कटान गरेर सडकका केही भागमा पहिरो खसेको छ ।

पानीको सतह घटीनसकेकोले तत्काल सडक सञ्‍चालन गर्न अप्ठ्यारो रहेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । उनका अनुसार धौलीगाड खोलामा महाकाली लोकमार्गको सडक सञ्‍चालन गर्न समय लाग्ने हुँदा तटबन्ध माथि बनेको सडक सञ्‍चालनको प्रयास भइरहेको छ ।

महाकाली तटबन्धबाट यातायात सञ्‍चालन गर्न बुधबारसम्म लाग्ने प्रजिअ पोखरेलले बताए ।

प्रकाशित : श्रावण ६, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?