कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्रिसेराको पक्की पुल बग्दा बाजुरामा यातायात ठप्प

मेनुका ढुंगाना

अछाम — साँफे–मार्तडी सडकअन्तर्गत बूढीगंगा नगरपालिका–२ ताप्रिसेरामा रहेको पक्की पुल खोलाले बगाएपछि बाजुरा जिल्लामा सवारी आवागमन ठप्प भएको छ ।

ताप्रिसेराको पक्की पुल बग्दा बाजुरामा यातायात ठप्प

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार आइतबार रातिको अविरल वर्षासँगै घट्टेखोलामा बाढी आउँदा पुल बगेर बूढीगंगा नदीमा मिसिएको हो । ‘अब बाजुरामा सवारीसाधन पूर्ण रूपमा बन्द भएको छ । मार्तडीबाट सरोकारवाको टोली हिँडेरै घटनास्थल पुगेको हो,’ उनले भने, ‘अम्कोटदेखि मार्तडीसम्म दसभन्दा बढी ठाउँमा पहिरो गएको छ ।’

त्यस्तै ताप्रिसेरासँगै जोडिएको अमकोट–द्वारीमा यसअघि नै पहिरो खसेको थियो । उक्त खण्डमा १३ दिनदेखि नै सवारी आवागमन रोकिएको थियो ।


पहिरोले एक सातादेखि अवरुद्ध साँफे–मार्तडी खण्डमा यातायात खुलाउन आजदेखि काम थालिएको छ । अविरल वर्षासँगै खसेको पहिरोले बुढीगंगा नगरपालिकाको अम्कोटमा सडक भासिएको थियो । भत्किएको सडक मर्मत गर्न सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

प्रकाशित : श्रावण ५, २०७७ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?