अछामको तुर्माखाँद गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार एमालेका डम्बर बीसी ३ हजार ५ सय २३ मत ल्याएर विजयी भएका हुन् ।
चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीम साउद विजयी भएका छन् । उनी २०७४ को निर्वाचनमा १ मतले पराजित भएका थिए । यसपटक भने उनले १ हजार ४८६ मतान्तरले जितेका छ्न्। उनले ३ हजार ९८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर आउजीले २ हजार ५०६ मत पाए ।
स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत अछामका २१ वटा वडाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले ९, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले ४, नेकपा एकीकृत समाजवादीले १ र स्वतन्त्र उम्मेदवारले एक वडामा जित निकालेका छन् ।
कैलाश खोलाको बाढीले जिल्लाकै पुरानो ग्रामीण बजार रामारोशन–५ सैनीबजारको गत मंगलबार एकै रातमा नामोनिसान मेटियो । सैनीका २५ घरमध्ये २२ घर बाढीले बगाएको छ ।
राति मुसलधारे वर्षा भइरहेको थियो । रामारोशन गाउँपालिका–५ को लघु जलविद्युत् पावर हाउसमा अपरेटर ५० वर्षीय दीर्घराज शाह मंगलबार पनि सधैंझै आफ्नो काम सकेर राति १० बजे घर पुगे ।
बाढीले क्षति पुर्याएको अछामको रामारोशन गाउँपालिकामा बुधबार दिउँसो उद्धार टोली पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमा प्रजिअ गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको हो ।
बयालपाटा अस्पतालले हटाइएका कर्मचारीमध्ये स्थानीयलाई पुनर्बहाली गर्ने भएको छ । आर्थिक अभावका कारण देखाउँदै अस्पतालले स्थानीयलाई मात्र पुनर्बहाली गर्न सहमति जनाएको हो । उक्त अस्पताल न्याय हेल्थ नेपालले सञ्चालन गरेको हो ।
साँफे-मार्तडी सडक अन्तर्गत बुढिगंगा नगरपालिकाको ताप्रीसेरामा अवस्थित पक्की पुल बाढीले बगाएको छ । जिल्ला भित्रिने मुख्य सडक अवरुद्ध भएपछि बाजुरा जिल्लामा यातायात सेवा ठप्प भएको छ ।