बालेन्द्रको टोलीका एक सदस्य अछाममा बिरामी, हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी

सिटौलाको टाउकोमा गम्भीर चोट लागेको छ। उनको अवस्थालाई मध्यनजर गर्दै थप उपचारका लागि काठमाडौं रिफर गर्ने तयारी भइरहेको छ

माघ १६, २०८२

मेनुका ढुंगाना

A member of Balendra's team is ill in Achham, preparations are underway to take him to Kathmandu by helicopter.

अछाम — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहकाे चुनावी प्रचार टोलीका एक सदस्य बिरामी परेका छन् । 

आगामी प्रतिनिधि सभा चुनावका लागि देश दौडाहामा रहेका बालेन्द्र शाह अछाम पुगेका छन्। उनीसँग त्यहाँ पुगेका काठमाडौंको टोखा निवासी दीनेश सिटौला शुक्रबार बिहान अचानक  बेहोस भएर ढलेका थिए। 

अछाम जिल्ला अस्पतालका प्रमुख डा. कमलेश यादवका अनुसार ढलेका सिटौलाको टाउकोमा गम्भीर चोट लागेको छ। उनको अवस्थालाई मध्यनजर गर्दै थप उपचारका लागि काठमाडौं रिफर गर्ने तयारी भइरहेको छ।

डा. यादवका अनुसार बिरामीको सिटिस्क्यान गर्नुपर्ने अवस्था रहेको छ र न्युरो सर्जिकल सेवा उपलब्ध हुने अस्पतालमा लैजानुपर्ने भएकाले काठमाडौं पठाउने निर्णय गरिएको हो।

घाइते सिटौलालाई काठमाडौं लैजानका लागि नेपाली सेनाको हेलिकप्टर अछाम जिल्ला अस्पताल परिसरमा अवतरणको तयारीमा छ। आवश्यक प्रक्रिया पूरा भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।

शाह अहिले अछाम जिल्ला अस्पतालमै उपस्थित छन् र उपचार प्रक्रियाका लागि समन्वय गरिरहेका छन्। 

मेनुका

Link copied successfully