कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरीमा डुबेर २ बालकको मृत्यु

वसन्तप्रताप सिंह

बझाङ — बझाङको तलकोट गाँउपालिकास्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तलकोट गाउँपालिका-३का ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय सर्जन रोकाया रहेका छन् ।

आइतबार साँझ करिब साढे ५ बजेतिर सिँचाइको लागि बनाइएको पोखरीमा पौडीमा खेलिरहेको अवस्थामा उनीहरु डुबेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

डुबेर गम्भीर अवस्थामा पुगेका उनीहरुलाई स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बझाङका डीएसपी गणेश बमले बताए ।

प्रकाशित : श्रावण ४, २०७७ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?