कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूस रकमसहित नायव सुब्बा पक्राउ

अर्जुन शाह

धनगढी — घूस रकम लेनदेनको आरोपमा कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत नायब सुब्बा सिद्धराज जोशी पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले मंगलबार नासु जोशीलाई स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरेको हो । ‘कार्यालयको घर्रामा राखेको अवस्थामा सोमबार नै ८५ हजार बरामद गरेका हौं,’ आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले भने, ‘उनले सीपमूलक तालिममा सहजीकरण गर्न भन्दै सेवाग्राहीबाट ८५ हजार घूस लिएका हुन् ।’ उनी सोमबार भागे पनि मंगलबार पक्राउ परेका विष्टले बताए ।


प्रकाशित : असार ३०, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?