कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालंगामा नदीमा २ जना बगेर बेपत्ता

वसन्तप्रताप सिंह

बझाङ — कालंगा नदीमा बगेर दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा केदारस्युँ गाउँपालिका -४ का १४ वर्षीय जगत अधिकारी र वडा नम्बर १ का १३ वर्षीय रोशन नेपाली रहेका छन् ।

जगत शुक्रबार साँझ ६ बजे कालंगा नदीमा जाल खेल्दै गर्दा नदीमा बगेको चप्पल समात्‍ने क्रममा बगेका हुन् भने रोशन शनिबार दिउँसो २ बजे सोही नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । उनका अनुसार दुवै जनाको खोजी कार्य भइरहेको छ ।

यसअघि असार १६ गते छबिसपाथिभेराको किनाल्ना भिरबाट मोटरसाइकलसहित सेती नदीमा खसेका भनिएका रोल्पा घर भइ बझाङमा काम गर्दै आएका ३२ वर्षीय प्रतापसिंह कुलमगर अहिलेसम्म बेपत्ता रहेका छन् ।

भीरमा मोबाइल, पैसा र एउटा चप्पल भेटिए पनि उनी र मोटरसाइकल अहिलेसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २७, २०७७ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्

सार्वजनिक सवारी सञ्‍चालनको पहलका लागि कार्यदल गठन 

कान्तिपुर संवाददाता

काठमाडौँ — सार्वजनिक सवारी सञ्‍चालनका लागि आवश्यक पहल गर्न भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बन्ध मजदुर संगठनहरुले कार्यदल गठन गरेका छन् । महासंघ र तीनवटा मजदुर संगठनको शनिबार ललितपुरमा बसेको संयुक्त बैठकले सरकारसँग आवश्यक छलफल गरी समस्या समाधान गर्न भन्दै ४ सदस्यीय कार्यदल गठन गरेको हो ।

फाइल तस्बिर

कार्यदलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका कार्यवहाक अध्यक्ष दिपक केसी छन् ।

कार्यदलले लामो तथा छोटो दुरीमा चल्ने सम्पूर्ण सवारी साधनहरु सुरक्षित रुपमा सञ्चालनका लागि आवश्यक पहलकदमी गर्ने बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । व्यवसायी र मजदुर संगठनले यथास्थितिमा सवारी साधनहरु सञ्चालन गर्न नसिकने भन्दै उपयुक्त वातावरण बनाउन सरकारसमक्ष अनुरोधसमेत दोहोर्‍याएका छन् ।

२३ असारमा बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाका आवश्यक मापदण्ड पुर्‍याइ काठमाडौं उपत्यकाकाभित्र र बाहिरका जिल्लाभित्र मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, शुक्रबार महासंघले आफ्ना सर्त सरकारले पूरा नगरेको भन्दै तत्काल यातायातका साधन नचलाउने निर्णय गरेको थियो ।

सरकारले कोभिड १९ को महामारी नियन्त्रणका लागि भन्दै गत चैत ११ देखि लागू गरेको लकडाउनका कारण सार्वजनिक सवारी साधनहरु चलेका छैनन् ।

यो पनि

प्रकाशित : असार २७, २०७७ १८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×