३ दिनका लागि झुलाघाट नाका खोलियो
बैतडी — नेपाल–भारत सीमानाका झुलाघाट बुधबारदेखि ३ दिनका लागि खुला गरिएको छ । सीमामा अलपत्र परेका नेपालीहरु, भारतीय पेन्सन बुझ्ने नेपालीहरु र नेपाल आउन र भारततर्फ जान चाहनेहरुका लागि नाका खुला गरिएको हो ।
बुधबार बिहान ९ बजेबाट ३ दिनका लागि नाका खोलिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । भारतीय पेन्सनरहरुलाई धेरै समस्या भएकाले नाका खोलिएको उनले बताए । उनले भने, ‘साथै सीमामा अलपत्र परेका नेपालीहरु पनि छन् । नेपाल आउन चाहने र भारत जान चाहनेहरु पनि छन् । उनीहरुको सहजताका लागि पनि नाका खोलिएको हो,’ उनले भने ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द गरिएको अन्तर्राष्ट्रिय सीमानाका दुवै देशका स्थानीय प्रशासनको समन्वयमा खोलिएको हो ।
प्रकाशित : असार २४, २०७७ ०९:३८प्रतिक्रिया