कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वी नारायण शाहको सालिक अनावरण

चित्रांग थापा

महेन्द्रनगर — नेपाली सेनाले महेन्द्रनगरकमा पृथ्वी नारायण शाहको सालिक अनावरण गरेको छ । गुरुपूर्णिमाको अवसर पारेर सेनाको महेन्द्रनगर भगतपुरस्थित २५ नं. वाहिनीको मुल गेटमा आइतबार पृथ्वी नारायण शाहको पूर्ण कदको सालिकको अनावरण गरेको हो ।

पृथ्वी नारायण शाहको सालिक अनावरण

सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति निर्मल कुमार थापाले सालिक अनावरण गरे ।

वाहिनीको १६ औं स्थापना दिवस समेत गुरुपूर्णिमाकै दिन परेकाले नेपाल एकीकरणका महानायक पृथ्वी नारायण शाहको सालिक सुदूरपश्चिम पृतनाको समन्वयमा तयार गरि स्थापना गरिएको वाहिनीपति शंकर बहादुर पण्डितले जानकारी दिए ।

वाहिनीको संगठनभित्रकै मुर्तिकार केशव आचार्यले मुर्ति तयार पारेका हुन् ।

प्रकाशित : असार २१, २०७७ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?