कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बझाङको सुवेडामा पहिरो जाँदा १ जनाको मृत्यु

वसन्तप्रताप सिंह

बझाङ — जिल्लाको जयपृथ्वी नगरपालिका ७, सुवेडाको चौपाखे भन्ने ठाउँमा आइतबार दिउँसो पहिरो जाँदा १ को मृत्यु भएको छ । १ जना घाइते भएका छन् । पहिरोमा सोही वडाका कर्मराज जोशीका १२ वर्षीय छोरा शिवराजको मृत्यु भएको हो ।

उनको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको थियो । घाइते भएका अर्का स्थानीय जनेश्वर जोशीको उपचार भइरहेको छ । पहिरोमा पुरिएर शिवराज जोशीको एउटा भैंसी पनि मरेको छ ।

मृतक बालक पहिरो आएको बेला गोठभित्र बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिं कार्कीले बताए । उनका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ ।

शनिबार बिहान पनि केदारस्युँ गाउँपालिका ८, मल्लेसीमा पहिरो जाँदा ६ जनाले ज्यान गुमाएका थिए । एक जना अझै बेपत्ता छन् । पहिरोले १८ घर बगाएको थियो ।

प्रकाशित : असार २१, २०७७ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?