कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धारिलो हतियार प्रयोग गरी एकको हत्या

भवानी भट्ट

कञ्‍चनपुर — कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका–५ मा शनिबार राति एक जनाको हत्या भएको छ ।  धारिलो हतियार प्रयोग गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाका अनुसार स्थानीय गौरव खडकाले धारिलो हतियार प्रयोग गरी कुँवरको हत्या गरेका हुन् ।

घटनालगत्तै फरार भएका खडकाको खोजी भइरहेको डीएसपी थापाले बताए । धनगढीबाट अनुसन्धानका लागि कुकुरसमेत मगाइएको थापाले जानकारी दिए ।

प्रकाशित : असार २१, २०७७ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?