कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट युवा मृत भेटिए, आत्महत्याको आशंका

वसन्तप्रताप सिंह

बझाङ — कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट खप्तड छान्ना गाउँपालिका ७ का १८ वर्षीय युवक मृत भेटिएका छन् । ती पुरुषले आत्महत्या गरेको आशंका छ ।  

जेठ १९ गते १६ जनाको समूहमा भारतबाट फर्किएका १८ वर्षीय शेरबहादुर राउतले शुक्रबार बिहान क्वारेन्टाइन नजिकैको जंगलमा रुखमा झुण्डिएरको अवस्थामा फेला परेका हुन् । विहीबारदेखि उनी वडा नं ७ मै रहेको लामागडा प्राथमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक्लै बसेका थिए । उनीसँगै आएका १६ जनाको असार १ गते आरडीटी परीक्षण गर्दा ३ जनाको पोजिटिभ नतिजा आएको थियो । आरडीटी नेगेटिभ आएकालाई घर पठाएर राउत लगायत ३ जनाको पीसीआर परीक्षण गरिएको थियो । उनको मात्रै पोजिटिभ रिपोर्ट आएको थियो ।

'बिहान ७ बजेसम्म आफन्तसँग कुरा गरेको रहेछ', खप्तड छान्ना गाउँपालिका ७ का वडाध्यक्ष रामबहादुर सिंहले भने, 'संक्रमण भयो, अब बाँच्दैन होला भन्ने खालका निरास कुरा गरेको थियो रे ! त्यसै कारण आत्महत्या गरेको हुन सक्छ ।'

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले शव ब्यवस्थापनका लागि जिल्लाबाट चिकित्सकसहित नेपाली सेना र प्रहरी टोली घटनास्थलतर्फ पठाइएको बताए । उनको घटनास्थलमै पोस्टमार्टम गरिने भण्डारीले जानकारी दिए ।

प्रकाशित : असार १९, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?