कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिममा संक्रमित तीन हजार नाघे

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशमा बिहीबार कोरोना संक्रमितको संख्या तीन हजार २० पुगेको छ । पाँच दिनयता दैनिक दुई सयका दरले संक्रमित बढेका हुन् । बिहीबार मुलुकभरि संक्रमण पुष्टि भएका ४ सय ७३ जनामध्ये सुदूरपश्चिमका ३ सय ४६ छन् । असारका १८ दिनमा मात्रै यहाका २ हजार ६ सय ९३ जनामा कोरोना पुष्टि भएको हो ।

सुदूरपश्चिममा संक्रमित तीन हजार नाघे

पछिल्ला ८ दिनमा ३ हजार २० जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा धेरै कैलालीमा ८ सय ७४ जना छन् । यसपछि डोटी र कञ्चनपुरमा छन् । प्रदेशमा पहिलो संक्रमित चैत १४ मा युईएबाट फर्केका धनगढी उपमहानगर ६ का एक युवक थिए । उनीबाटै भाउजु नाता पर्नेमा कोरोना सरेको देखिएको थियो । त्यसपछि चैतमै संक्रमण देखिएका भारत र वीरगन्जबाट आएकी एक महिलासहित ५ जना निको भएपछि केही दिन प्रदेश संक्रमणमुक्त बनेको थियो ।

सुदूरपश्चिममा जेठ पहिलोसाता भारतबाट भित्रिने क्रम बढेसंगै फेरि संक्रमितको संख्या बढेको बढ्यै रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।

प्रदेशभरि १५ जना स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा संक्रमित भएका छन् । कोरोनबाट अहिलेसम्म ७ जनाको मृत्यु भएको छ ।

प्रदेशभरि २३ हजार ९ सय ७१ को स्वाब संकलन गरिएको छ । बिहीबारसम्म १८ हजार ८ सय ७५ कोमात्रै परीक्षण रिपोर्ट आएको छ ।

प्रकाशित : असार १८, २०७७ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?