कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकलसहित सेती नदीमा खसेकाकाे खोजी जारी

वसन्तप्रताप सिंह

बझाङ — मोटरसाइकलसहित एकजना मानिस सेती नदीमा खसेका छन् । छबिसपाथिभेरा गाउँपालिका–१ को किनाल्ना भिरबाट खसेका उनको खोजी भइरहेको छ । 

मोटरसाइकलसहित सेती नदीमा खसेकाकाे खोजी जारी

गत राति जयपृथ्वी राजमार्ग अन्तर्गत भाँडेबजार र मौरीबगरको बीच भागमा रहेको भीरबाट ३२ वर्षीय प्रतापसिंह कुलमगर मोटरसाइकलसहित नदीमा खसेकाे प्रहरीको अनुमान छ । राति ११ बजेतिर दुर्गाथलीबाट चैनपुर आउने क्रममा उनी डौठेल्ना घुम्तीबाट मोटरसाइकलसहित सेती नदीमा खसेको डीएसपी गणेश बमले बताए । रोल्पा जिल्लाको लुडारी गाउँपालिका ७ का कुलमगर बझाङमा निर्माण सम्बन्धी काम गर्दै आएका थिए ।

उनको मोटरसाइकल खस्दा नदी पारीपट्टी रहेको थलारा गाउँपालिका राउलीका बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मोटरसाइकल खसेको भनिएको भीरको ५० मिटरजति तल उनको चप्पल, मोबाइल र केही पैसा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बिहीबार दिनभर बेपत्ता भएका कुलमगरको खोजीमा स्थानीय, आफन्त र प्रहरी खटिए पनि मोटरसाइकल र बेपत्ता कुलमगर नभेटिएको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । सेती नदीको बहाब बढी भएकाले उनको खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १८, २०७७ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?