कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बझाङमा २९ जना कोरोना संक्रमित निको भए

वसन्तप्रताप सिंह

बझाङ — जिल्लाबाट बिहीबार २९ जना संक्रमित निको भएर घर फर्किएका छन् । विभिन्न पालिकाको आइसोलेसनमा रहेकाहरु पटक-पटकको परीक्षणमा नेगेटिभ नतिजा आएपछि घर पठाइएको हो । निको हुनेमा सबैभन्दा धेरै बुङ्गल नगरपालिकाका १९ जना रहेका छन् ।

बझाङमा २९ जना कोरोना संक्रमित निको भए

यस्तै खप्तड छान्ना गाउँपालिकाका ७ र वित्थडचिर गाउँपालिकाका ३ जना संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई पनि आइसोलेसनबाट डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण जोशीले डिस्चार्ज भएका सबैलाई कम्तीमा एक हप्तासम्म घरमा एक्लिएर बस्न सुझाव दिइएको बताए । डिस्चार्ज भएकाहरुको सम्बन्धित पालिका तथा जिल्ला अस्पतालमा उपचारपछि निको भएको जोशीले बताए ।

यसैबीच बिहीबार बझाङमा थप ३५ संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा गरिएको स्वाब परीक्षणको नतिजाअनुसार संक्रमित हुनेहरुमा बुङगल नगरपालिकाका २५, जयपृथ्वी नगरपालिकाका ४ र खप्तड छान्ना गाउँपालिकाका ६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै बझाङमा संक्रमित हुनेहरुको संख्या १ सय २५ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न आइसोलेसनमा ९६ जनाको उपचार भइरहेको छ ।

प्रकाशित : असार १८, २०७७ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?