कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्‍चिममा संक्रमित एक हजार नाघे

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नाघेको छ । आइतबार राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौंको परीक्षण रिपोर्टमा ३३ र सेती प्रयोगशालामा ४३ गरी ७६ जनामा कोरोना पुष्टि भएको छ । यो संख्यासँगै प्रदेशमा कोरोना संक्रमित १ हजार ७ जना पुगेका छन् ।

सुदूरपश्‍चिममा संक्रमित एक हजार नाघे

काठमाडौंमा भएको परीक्षणमा डोटीमा १६, कैलालीमा ३ र डडेलधुरामा १४ जनालाई कोरोना देखिएको हो । सेती प्रयोगशालामा चाप बढेपछि एक साताअघि २ हजार ६६ स्वाब परीक्षणका लागि काठमाडौं पठाएको थियो ।

सेती अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार कैलालीमा धनगढी १८, गोदावरी ८ टीकापुर १, मोहन्याल २ गरी २९ जनामा कोरोना पुष्टि भएको छ । कञ्चनपुरको पुनर्वास १, बेलौरी १, बाजुरा २, बैतडीका २, डोटीमा ५ र डडेलधुरामा २ जनामा थप कोरोना पोजिटिभ देखिएको छ ।

सुदूरपश्चिममा लकडाउनको पहिलो चरणमा ६ जनामा कोरोना पुष्टि भएको थियो । पहिलो कोरोना संक्रमित चैत्र १४ गते यूएईबाट आएका युवकमा देखिएको थियो । त्यसपछि उनकै भाउजु नाता पर्नेमा दोस्रो केस फेला परेको थियो । उनीहरुसहित थप ३ जना वैशाख पहिलो सातामै कोरोना जितेर घर गएका थिए ।

पछिल्लो समय जेठमा भारतबाट भित्रिएकाबाट संक्रमणको दर बढेको हो । एक महिना अवधिमा सुदूरपश्चिमका नौ जिल्लामा संक्रमितको संख्या हजार देखिएको हो । सबैभन्दा धेरै कैलालीमा कोरोना पोजिटिभ रहेका छन् ।

स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा २ सय ६१, डडेलधुरा १ सय ८६, बैतडी १ सय ४२, डोटी १ सय ५४, कञ्चनपुर १ सय, अछाम ७६, बाजुरा ७२, बझाङ २१ र दार्चुलामा १२ जनामा कोरोना देखिएको छ । हालसम्म ४ जनाको मृत्यु भएको छ । निको भएको सख्या १ सय ३४ पुगेको छ ।

सुदूरपश्चिममा अहिलेसम्म१० हजार ६ सय जनाकोमात्रै स्वाब परीक्षण भएको छ । कुल १७ हजार ४५ जनाको स्वाब लिएको भए पनि अझै ६ हजार ३ सय २२ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : असार ७, २०७७ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?