कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानी धारामा करेन्ट लाग्दा मृत्यु

मोहन शाही

डोटी — कोरोना संक्रमितहरुलाई निषेध गर्न खानेपानी धारामा छोडेको करेन्ट लाग्दा डोटीमा एक महिलाको शनिबार मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लका अनुसार आदर्श गाउँपालिका ७ दहकालिका स्थानकी तुलसी बागको धारामा करेन्ट लाग्दा मृत्यु भएको हो । धारा नजिकै घर भएका १८ वर्षीय सुरज किमाडीले पानी ट्यांकीमा विद्युत्‌को तार जोडेर करेन्ट छोडेका थिए ।

पानी भर्न गएकी २५ वर्षीया तुलसी बागको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले करेन्ट लगाएको आरोप लागेका सुरज किमाडीलाई नियन्त्रणमा लिएको छ ।


प्रकाशित : असार ६, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?