कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोटीमा मिनी ट्रक पल्टँदा बाबुछोराको मृत्यु

मोहन शाही

डोटी — बडीकेदार गाउँपालिका ३ सुनालेकमा मिनी ट्रक दुर्घटना हुँदा बाबुछोराको ज्यान गएको छ । से १ ख १२६२ नम्बरको मिनी ट्रक सोमबार दिउँसो पौने ३ बजे दुर्घटना भएको हो ।

डोटीमा मिनी ट्रक पल्टँदा बाबुछोराको मृत्यु

दुर्घटनामा ४० वर्षीय डबल पुनमगर र उनका १३ वर्षीय छोरा धिरजको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पानी परेको बेला ट्रक भीरमा खसेको हो ।

ट्रकमा सवार अन्य ब्यक्तिहरुले भने हाम्फालेर ज्यान जोगाएका थिए । ट्रक चालक श्यामलाल चौकरी भने फरार रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार १, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?