कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शनिबार गड्डाचौकी नाकाबाट ९०६ भित्रिए 

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिनेको संख्या अझै कम भएको छैन । शनिबार गड्डाचौकी नाकाबाट ९०६ जना भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सोही नाका भएर १ सय ८९ जना भारतीय बाहिरिएका छन् । 

शनिबार गड्डाचौकी नाकाबाट ९०६ भित्रिए 

दशगजामा पुगेका सबैलाई विवरण संकलनसँगै स्वास्थ्य जाँच गरेर आ–आफ्नो जिल्लातर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका अनुसार शुक्रबार १ हजार ९७ जना भित्रिए भने ४२९ जना बाहिरिएका थिए । यसैगरी बिहीबार १ हजार २१ जना भित्रिएका थिए भने ३ सय ५ जना भारतीयहरु भारत फर्केका थिए ।

भारतमा अलपत्र परेका नेपालीहरुका लागि जेठ १२ देखि गड्डाचौकी नाका खुला गरेयता करिब २५ हजार भित्रिइसकेका छन् । यसैगरी ५ हजारभन्दा बढी भारतीयहरु फर्किसकेका छन् ।


प्रकाशित : जेष्ठ २४, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?