कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोटीमा सुत्केरीको मृत्यु

मोहन शाही

डोटी — सुत्केरी भएको तीन दिनपछि एक महिलाको डोटीमा मृत्यु भएको छ । केआई सिंह गाउँपालिका ४ कार्कीबगरकी २६ वर्षीया नारु कार्कीको आइतबार बिहान मृत्यु भएको हो ।

कार्कीले जेठ १६ गते शल्यक्रिया मार्फत छोरी जन्माएकी थिइन् । ब्यथा लागेपछि उनलाई दुर्गामाण्डौं स्वास्थ्यचौकीले दिपायल राजपुरस्थित सुजङ्ग अस्पताल रिफर गरेको थियो । स्वास्थ्य चौकीमा ८ घण्टा लामो ब्यथामात्र लाग्दा सहज रुपमा बच्चा जन्माउन शल्यक्रियाका लागि सुजङ्ग अस्पतालमा रेफर गरिएको केआईसिंह गाउँपालिकाका स्वास्थ्य संयोजक तिल बहादुर बोहराले जानकारी दिए ।

उनको मृत्युको कारण भने थाहा हुन सकेको छैन । शुक्रबार अप्रेसन गरिएकी महिलाको शनिबारसम्म स्वास्थ्य अवस्था सामान्य रहेको थियो । जण्डिस र टाइफाइडको समस्या देखिएकी उनलाई आइबार बिहान साढे चार बजे एक्कासी वान्ता भएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

स्वासमा समस्या देखिएपछि अक्सिजन तथा बाफ समेत दिइएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई थप उपचारका लागि बाहिर पठाउने तयारी हुँदा मृत्यु भएको थियो । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?