कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्‍वारेन्टाइनमै सुत्केरी

अछाम — भारतको दिल्लीबाट आएर मेल्लेख गाउँपालिका–३ ठाँटीस्थित नवदुर्गा माविको क्‍वारेन्टाइनमा बसेकी सुना नेपालीले सुत्केरी भएकी छन् । २६ वर्षीया नेपालीले शुक्रबार बिहान छोरा जन्माएकी हुन् ।

क्‍वारेन्टाइनमै सुत्केरी

ठाटीस्थित बगुडा स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र शाहका अनुसार बेथा लागेपछि क्‍वारेन्टाइनमै अनमी सम्झना सिंहलाई पठाएर सुरक्षित सुत्केरी गराइएको हो । शिशुको तौल साढे ३ किलो रहेको र आमाबच्चा दुवै स्वस्थ रहेको शाहले बताए ।

गत मंगलबार अछाम आइपुगेका नेपाली र श्रीमान् दक्षबहादुरलाई क्‍वारेन्टाइनमा राखिएको थियो । सुत्केरी भएपछि भने उनलाई होम क्‍वारेन्टाइनमा बस्ने गरी पठाइएको स्वास्थ्य चौकीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?