कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु

भवानी भट्ट

कञ्‍चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कल्लु रानाको क्वारेन्टाइन व्यवस्थापनकै क्रममा मृत्यु भएको छ । मंगलबार राति सोही वडाको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनकै क्रममा ५५ वर्षीय वडाध्यक्ष रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु

वडाध्यक्ष राना मंगलबार दिनभरि क्वारेन्टाइन व्यवस्थापनामा थिए । उक्त विद्यालयमा २० जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रवीन्द्र पौडेलका अनुसार साँझपख खाना खाएर क्वारेन्टाइनमा आएका उनको मोबाइल चलाउँदा चलाउँदै मृत्यु भएको हो । उनको शव धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

‘हामी दिनभरि सँगै क्वारेन्टाइनको व्यवस्थापनमा जुटेका थियौं,’ कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमालले भने, ‘राति अचानक मृत्युको खबर आयो ।’ उनले सेती प्रादेशिक अस्पतालमा रानाको स्वाब परीक्षणको तयारी भइरहेको बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?