कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौरीफन्टाबाट भित्रिए सुदूरपश्चिमका १८ हजार

अर्जुन शाह

धनगढी — कैलालीको धनगढीस्थित गौरीफन्टा नाका हुँदै पछिल्लोपटक भारतबाट सुदूरपश्चिमका ९ वटै जिल्लाका गरी १८ हजारभन्दा बढी बासिन्दा भित्रिएका छन् ।

गौरीफन्टाबाट भित्रिए सुदूरपश्चिमका १८ हजार

जेठ २ देखि १३ सम्म गौरीफन्टाबाट भित्रिएका १९ हजार २ सय ९३ जनामध्ये १८ हजार १ सय ६६ जना सुदूरपश्चिमका रहेको सशस्त्र प्रहरीको धनगढीस्थित ३४ नम्बर गणको तथ्यांक छ ।

गौरीफन्टाबाट भित्रिएकाहरूमा सबैभन्दा धेरै कैलालीका ४ हजार ३ सय ५१ जना रहेको गणका एसपी कमल तिमिल्सिनाले बताए । यस्तै कञ्चनपुरका २ हजार २ सय ३४ जना छन् ।

कैलाली र कञ्चनपुरबाहेक सात पहाडी जिल्लाका ११ हजार ५ सय ८१ जना आएका छन् । पहाडी जिल्लामध्ये डोटीका सबैभन्दा धेरै ३ हजार ५ सय ३३ जना जिल्ला फर्किएका छन् । त्यसपछि क्रमशः बैतडीका २ हजार ८ सय १४, डडेलधुराका १ हजार ८ सय ५६, अछामका १ हजार २ सय ९१, बझाङका १ हजार १४, बाजुराका ८ सय ३२ र सबैभन्दा कम दार्चुलाका २ सय १५ जना छन् ।

सीमा खुला गरिएपछि पछिल्लो पटक ४९ जिल्लाका बासिन्दा गौरीफन्टाबाट भित्रिएका छन् ।

पहाडी जिल्लाकालाई सम्बन्धित स्थानीय तहले आफैं सवारीसाधन पठाएर पालिकाहरूमा लगिरहेका छन् । ‘हाम्रा सवारी चालकहरूले सुत्न नपाएको धेरै दिन भइसक्यो,’ डोटीको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले भनिन्, ‘गौरीफन्टाबाट हाम्रो पालिकाका बासिन्दालाई ल्याएर सम्बन्धित वडाका क्वारेन्टाइनमा राख्ने गरेका छौं ।’

प्रकाशित : जेष्ठ १४, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?