कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीमा आइसोलेसन बेड अभाव

तृप्ति शाही

बैतडी — आइसोलेसन बेड नहुँदा जिल्लामा आरडीटी पोजिटिभ आएका ८ प्रहरी र एक प्रहरीकी श्रीमतीलाई टेन्टमा राखिएको छ । बस्न बाध्य भएका छन् । उनीहरूलाई बसपार्कस्थित थालीगाडा प्रहरीचौकी नजिकै टेन्ट बसाइएको हो ।

बैतडीमा आइसोलेसन बेड अभाव

सदरमुकामस्थित जिल्ला अस्पतालमा तीनवटा मात्र आइसोलेसन बेड छन् । तिनमा एक जना कोरोना संक्रमित युवा र अन्य दुई शंकास्पद बिरामीलाई राखिएको छ ।

आइसोलेसन बेड नभएकाले आफैं टेन्टको व्यवस्था गरेर प्रहरीहरूलाई जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । आइसोलेसन बेडको अभावै रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए । अहिले उनीहरू कोराना संक्रमित नै हुन् भन्ने पुष्टि भइनसकेको र स्वास्थ्य अवस्था सामान्य रहेकाले प्रहरीलाई नै व्यवस्थापन गर्न भनिएको उनको भनाइ छ ।

आरडीटी पोजिटिभ आएका उनीहरूको पीसीआरका लागि स्वाब संकलन सोमबार साँझ मात्र गरिएको छ ।

५४ जनाको रिपोर्ट नेगेटिभ

गत शुक्रबार जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका २२ वर्षका पुरुषमा कोरोना पोजिटिभ देखिएपछि उनीसंँग प्रत्यक्ष सम्पर्कमा आएका प्रहरी, अदालतका कर्मचारी र स्वास्थ्यकर्मी गरी ७२ जनाको स्वाब परीक्षणका लागि धनगढी पठाइएको थियो ।

तिनमा ५४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए । उनका अनुसार संक्रमितको परिवारसँगै केही प्रहरी र स्वास्थ्यकर्मी गरी १८ जनाको रिपोर्ट आउन बाँकी छ ।

थुनुवामा कोरोना देखिएपछि सिल गरिएको जिल्ला प्रहरी कार्यालयले मंगलबारदेखि नियमित काम सुरु गरेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?