कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीमा नगर प्रमुख र वडा अध्यक्ष कुटिए

तृप्ति शाही

बैतडी — बैतडीमा नगर प्रमुख र वडा अध्यक्षमाथि स्थानीयले हातपात गरेका छन् । भिन्न—भिन्न पालिकाका उनीहरुलाई स्थानीय युवाहरुले कुटपिट गरेका हुन् ।

पुरचौर्डी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र दोगडाकेदार गाउँपालिका ७ का वडा अध्यक्ष भरत महरालाई स्थानीयले कुटपिट गरेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

आइतबार हुलाक कार्यालयमा कार्यरत कर्मचारी दिलबहादुर धानुक मदिरा सेवन गरेर कार्यालयमा जाँदा मेयरले केरकार गरेका थिए । त्यसपछि उनीहरुबीच विवाद भएको थियो ।

नगरप्रमुखमाथि धानुकले अभद्र व्यवहार गरेको भन्दै प्रहरीले प्रक्राउ समेत गरेको थियो । धानुकका दुई छोरा र एक स्थानीयले नगरप्रमुख आफैंले आफ्नो बुवालाई कुटेको र आफैं अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको भन्दै सोमबार अपरान्ह कार्यकक्षमै गएर नगरप्रमुखलाई हातपात गरेका हुन् । साथै उनीहरुले कार्यकक्षमा पनि क्षति पुर्याएका छन् । कम्प्युटर, ल्यापटप र कुर्सीटेबुल समेत उनीहरुले तोडफोड गरेका छन् ।

यता दोगडाकेदार गाउँपालिका ७ का वडा अध्यक्ष भरत महरा सोमबार वडा नम्बर ३ को सिल्लेगडा बजारमा सवारीसाधन चलाउन लागेका युवाहरुलाई लकडाउनमा यस्तो नगर्न आग्रह गर्दा कुटिएका प्ररीले जनाएको छ । उनीलाई ४ जना स्थानीय युवाहरुको समूहले कुटपीट गरेको हो ।

उनलाई थप उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीले धनगढी रिफर गरेको प्रहरी प्रमुख पाण्डेयले बताए । उनको छातीमा चोट लागेको छ । नगरप्रमुख कुँवरको अवस्था भने सामान्य रहेको छ ।

नगरप्रमुखमाथि हातपात गर्ने र कार्यकक्ष तोडफोड गर्ने ३ जनालाई प्रहरीले फक्राउ गरिसकेको उनले बताए । रमेश धानुक , पुस्कर धानुक र चन्द्र भण्डारीलाई अभद्र व्यवहारको आरोपमा पक्राउ गरि कुटपिट गर्ने ४ जना कृष्ण जोशी , हरि जोशी , नरिनराज जोशी र राजिब धामीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु सबैमाथि प्रहरीले अनुसन्धान जारी राखेको उनले बताए ।

यस्तै पुरचौर्डी नगरपालिकामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका २ जना प्रहरी निरीक्षक किसन चन्द र धनदेव साउदको नेतृत्वमा प्रहरी परीचालन गरिएको उनले बताए । लगातार २ दिन भएका घट्ना पछि फेरि अप्रिय घट्ना नहोस् भन्नको लागि प्रदेश प्रहरी कार्यालय डोटीको दिपायल बाट र सशस्त्र प्रहरी बल गुल्म नम्बर ५१ बैतडीबाट पनि टोली खटिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?