कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

बिहीबार झुलाघाट सीमाबाट आएका एक जनाको मृत्यु

तृप्ति शाही

बैतडी — बिहीबार नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटबाट आएका एक जनाको मृत्यु भएको छ । बैतडीको पुरचौर्डी नगरपालिका–६ भूमिराजका ६७ वर्षीय जुनी लोहारको मृत्यु भएको हो ।

बिहीबार झुलाघाट सीमाबाट आएका एक जनाको मृत्यु

बिहीबार राति उनको समूहमा रहेकालाई जिल्लाको दशरथचन्द नगरपालिकाको एक विद्यालयमा राखिएको थियो । शुक्रबार पुरचौर्डी नगरपालिकामा ल्याइएको थियो । उनीहरु बिहीबार दिउँसो उत्तराखण्डको पिथौरागढबाट नेपाल आएका थिए ।

शनिबार बिहान ६ बजेतिर त्यहाँबाट अर्को क्वारेन्टाइनमा पैदल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दमको बिरामी भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । प्रहरी उपरीक्षक पाण्डेयका अनुसार मृतकको स्वाब संकलन गर्ने र परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको छ ।

प्रकाशित : वैशाख २०, २०७७ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?