कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलाली  र कञ्चनपुरमा र्‍यापिड टेस्ट सुरु 

अर्जुन शाह

धनगढी — कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड–१९)को बिहीबारदेखि र्‍यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको छ । सरकारले र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको ५ दिनपछि दुई जिल्लाका विभिन्न स्थानमा परीक्षण कार्य सुरु गरिएको हो ।

कैलाली  र कञ्चनपुरमा र्‍यापिड टेस्ट सुरु 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका ल्याब निरीक्षक रामप्रसाद ओझाले कैलाली र कञ्चनपुरका २० जना ल्याब प्राविधिकहरुलाई र्‍यापिड टेस्ट गर्न परिचालन गरिएको जानकारी दिए । ‘उनीहरुलाई जाँच गर्ने विधिबारे अभिमुखिकरण गराएर पठाएका छौ’ उनले भने ।


ल्याब प्राविधिकहरुको टोलीले सुरक्षाकर्मी र क्वारेन्टाइनमा बसेर १४ दिन पुरा गरेकाहरुको परीक्षण गरिरहेको ओझाले बताए । प्रदेशका नौ वटै जिल्लामा समेत र्‍यापिड टेस्ट गर्न सम्बन्धित जिल्लाका ल्याब प्राविधिकहरुलाई अभिमुखिकरण गराएर पठाइएको ओझाले बताए । प्रदेश प्रयोगशालाको टीम किट्स लिएर बुधबार र विहिबार जिल्लातर्फ हिँडेको छ ।


धेरै संख्यामा कोरोना भाइरस थ्रोट स्वाब जाँच गर्ने उद्देश्यले केन्द्रीय पशुपंक्षी अन्वेषण प्रयोगशालाबाट धनगढीमा ल्याइएको पिसिआर मेसिन बिहिबारसम्म सञ्चालनमा आउन सकेको छैन् । धनगढीस्थित पशुपंक्षी प्रयोगशालामा राखिएको मेसिनबाट परीक्षण कार्य सुरु गर्न सहायक उपकरणहरुको बन्दोवस्त हुन बाँकी रहेकाले ढिलाई भएको प्राविधिकहरुले बताएका छन् ।


सुदूरपश्चिममा एक हजार एक जनाको थ्रोट स्वाबको नमुना संकलन भएको छ । ती मध्ये १ सय ८४ जनाको मात्रै रिपोर्ट आएको छ ।

प्रकाशित : चैत्र २७, २०७६ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?