कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमामा अलपत्रहरूलाई यथास्थानमा क्वारेन्टाइन 

अर्जुन शाह

धनगढी — लकडाउनपछि देश फर्कन नपाएका नेपाली र भारतीयलाई दुवैतर्फका सीमा सुरक्षा बल तथा स्थानीय प्रशासनले आआफ्नै भूमिमा क्वारेन्टाइनमा राखेका छन् । 
नेपालमा रोकिएका भारतीय मजदुरलाई मंगलबारदेखि धनगढीस्थित त्रिनगर माविमा व्यवस्था गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

सीमामा अलपत्रहरूलाई यथास्थानमा क्वारेन्टाइन 

धनगढी उपमहानगर, जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरीको समन्वयमा डडेलधुरा र कैलालीलगायत जिल्लामा काम गर्दै आएका २० कामदारलाई व्यवस्थापन गरिएको हो । उनीहरूलाई सीमा–नाकाबाट फर्काएर त्रिनगरमा क्वारेन्टाइनमा राखिएको धनगढीस्थित सशस्त्र प्रहरीको गण नम्बर ३४ का गणपति एसपी कमल तिमिल्सिनाले बताए ।

त्यस्तै कैलालीको सीमा क्षेत्रमा अलपत्र परेका ६० नेपालीलाई भारतीय सीमा सुरक्षा बलले पलियामा क्वारेन्टाइनमा राखेको उनले जानकारी दिए । ‘दुवैतर्फका सीमा सुरक्षा अधिकारीको समन्वयमा आआफ्नै ठाउँमा क्वारेन्टाइनमा राख्ने सल्लाह भएको हो,’ उनले भने ।


प्रकाशित : चैत्र १९, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?